कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका १ बङ्क नजिकै पूर्व–पश्चिम राजमार्गमा जिपले ठक्कर दिदा एक जनाको मृत्यु भएपछि बन्द गरिएको राजमार्ग खुलेको छ ।
आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको भारतीय डिएल १७ सी ४७५४ नम्बर प्लेटको जिपले ठक्कर दिँदा ६५ वर्षीय तारानाथको मृत्यु भएपछी स्थानीयले पूर्व–पश्चिम राजमार्ग यातायात अवरुद्ध गरेका थिए। जिपको ठक्करबाट मृत्यु भएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको माग राख्दै आइतबार बिहानदेखि अवरुद्ध गरेको सडक सञ्चालनमा आएको हो।
जिप सञ्चालक र पीडित परिवारबीच भएको छलफलमा क्षतिपूर्ति रकम उपलब्ध गराउने सहमति भएपछि सडक सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।जिपको ठक्करबाट मृत्यु भएका परिवारलाई तत्काल किरिया खर्चबापत रु ५० हजार रकम उपलब्ध गराउने र क्षतिपूर्तिबापत बिमाले तोकेअनुसारको रकम उपलब्ध गराउने सहमति भएपछि अवरुद्ध सडक सञ्चालनमा आएको उनले बताए ।