बाजुरा। बाजुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडी देखि थुवाकाँध जादै गरेको अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–१ अम्कोटमा ६० वर्षीय खगेन्द्र पाध्याया र सोही ठाउँका ५५ वर्षीय प्रकाश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी धनदेव साउँदले जानकारी दिएका छन्। उनले दिएको जानकारी अनुसार थुवाकाँधबाट करिव दुई सय मिटर तल बुढीगंगा नदिको किनारमा खसेर दुई जनाको घटनास्थलमै मृत्यु भएको बताए।
घाइते हुनेहरुमा बुढीगंगा नगरपालिका २ बल्दे बस्ने ३४ बर्षीया धनबहादुर केसी र बुढीगंगा नगरपालिका वडा नम्बर १ का धनबहादुर खत्री रहेका छन् । घाइते भएका दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरिक्षक साउँदले बताएका छन् । अटो रिक्सा चालक हेमराज पाध्याय भने फरार रहेको प्रहरी निरिक्षक साउँदको भनाई छ। चालक बुढीगंगा नगरपालिका–१ अम्कोटका स्थानीय रहेको प्रहरीले जनाएको छ।अटो साँझ ५ बजेर ३० मिनेटमा दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा परी मृत्यु भएका पाध्याय र नेपालीको पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुराको ल्याइएको छ।