धनगढी। नेपाली काँग्रेस सुदूरपश्चिमको सभापतिमा देउवा पक्षका वीरबहादुर बलायरको जित निश्चित देखिएको छ। गन्न बाँकी मत जोड्दा देउवा पक्षका वीरबहादुर बलायर भन्दा पौडेल पक्षका नारायणदत्त मिश्र पछाडि छन् ।बलायरको ५५३ मत र पौडेल पक्षका मिश्रको २२९ मत रहेपछि बलायरको जित सुनिश्चित भएको हो।
सुरुवातदेखि नै लिएको अग्रता फराकिलो बनाउँदै उनको प्यानल नै जित नजिक छ।८ सय ६ मतगणना गर्दा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर ३२४ पुगेको छ। अब १९७ मत मात्रै गणना गर्न बाँकी छ। अहिलेसम्म कस्को मत कती यहा तल हेर्नुहोस।
जम्मा खसेको मत -१००३
मतगणना -८०६
सभापति
वीरबहादुर बलायर -५५३
नारायणदत्त मिश्र -२२९
उपसभापति
गोपालसिंह गुरुङ -२२९
जनकराज चौधरी-४८६
मानबहादुर रावल -२१८
लोकराज अवस्थी -४२७
हिमबहादुर रावल-९२
महामन्त्री
नरनारायण शाह मनु -५११
प्रताप गुर्धामी-१७८
मेघराज खड्का -५१९
रामबहादुर शाही -२५६
सहमहामन्त्री
गोपाल दत्त भट्ट-४२९
चिन्तामणि भट्ट -४२९
नरेन्द्र प्रसाद भट्ट-१७९
पदम राज पन्त -२०६
लक्ष्मण बहादुर शाही – १२३
हर्क बहादुर स्वार-५८
सहमहामन्त्री (महिला)
अम्बिका कुमारी चलाउने-५५४
खिना भण्डारी-१८०