३० औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा समाबेशी पारा एथ्लेटिक्स स्पोर्ट क्लबले व्हिल्चियरर ट्राईसाईकल दौड प्रतियोगिता आयोजना गरेको छ ।
दौड प्रतियोगिता धनगढी स्थित रंगशालामा सम्पन्न गरिएको हो । दौड प्रतियोगितामा हरी कुमाल प्रथम भएका छन् । उनले नगद १ हजार ५ सय, जर्सी, नीडस नेपाल द्वारा सहयोग प्राप्त हाईजिन किट प्राप्त गरेका छन् ।
यस्तै रामचन्द्र राना द्वितीय, भएका छन् । उनले नगद १ हजार जर्सी, नीडस नेपाल द्वारा सहयोग प्राप्त हाईजिन किट प्राप्त गरेका छन । यस्तै खगिराम राना तृतीय , सान्त्वना हिरा नाथले प्राप्त गरेकी छिन् ।
प्रथम द्वितीय , तृतीय र शान्तवना हुने प्रतिस्पर्धीलाई नगद पुरुस्कार ,जर्सी, नीडस नेपाल द्वारा सहयोग प्राप्त ४० जनालाई हाईजिन किट र प्रमाणपत्र समेत वितरण गरिएको हो । अपागंता भएका ब्यक्तीहरुको क्षमता बिकासका लागी व्हिल्चियरर ट्राईसाईकल दौड गरिएको समाबेशी पारा एथ्लेटिक्स स्पोर्ट क्लबका महासचिव नन्दराज भट्टले बताए ।