धनगढी। कैलालीमा गाडीले कुल्चिएर एकजनाको मृत्यु भएको छ । कैलालीको धनगढी–अत्तरीया सडक खण्डको मनहरामा गाडीले कुल्चिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन।
गाडीको पांग्राले कुल्चिएका कारण अनुहार क्षतबिक्षत छ। जस कारण मृतकको पहिचान हुन सकेको छैन। प्रहरीले मनहरा पुल नजिक बिहीबार राति करीव १०ः३० बजे गाडीले कुल्चिएर अन्दाजी करीव २५ वर्षका एक जना युवकको मृत्यु भएको जनाएको छ। मृतकको पहिचान खुल्न सकेको छैन।
अत्तरीयाबाट धनगढी आउदै गरेको गाडीले ती युवकलाई कुल्चिएको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीले मृतकको पहिचानका लागि प्रयास जारी रहेको र गाडीको पनि खोजी तिब्र पारिएको बताए । मृतकको साथमा व्याग रहेको र व्यागसंगै रक्सीको बोतल समेत बरामद भएको छ ।