कञ्चनपुर। कञ्चनपुरमा चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। प्रहरीले बिहीबार भिमदत्त नगरपालिका १३ पिपरीयाबाट उनीहरुलाइ पक्राउ गरेको हो।
कञ्चनपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहका अनुसार चोरी भएका समानसहित भिमदत्त नगरपालिका १३ पिपरीया बस्ने २० वर्षीय मोहित ठगुन्ना, महेन्द्र बिक र सुभम भट्टलाई पक्राउ गरिएको हो।
उनीहरुले १४ गते राति जिल्ला भिमदत्त नगरपालिकाको बडैपुरस्थित शिद्धनाथ माबिको कार्यालय प्रमुख कक्ष र कम्य्युटर कक्ष कोठाको ताला फुटाएर ल्यापटप थान १, प्रोजेक्टर थान १, मनिटर १ थान लगायतका विभिन्न समान चोरी गरेका थिए। उनीहरुमाथि कारवाही गरिने कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।