धनगढी। कैलालीको धनगढीमा आयोजना हुने प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । मंसिर १६,१७र १८ गते सम्म धनगढीको ओम प्यालेस चल्ने प्रदेश अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको सुदूरपश्चिम अधिवेशन प्रचार–प्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिएका छन् ।
जस अन्तरगत सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका प्रदेश प्रतिनिधिहरुको आवासका लागि स्थानिय बिभिन्न होटेल तथा लजहरुमा १ हजार बेडको ब्यबस्थापन भईसहेकोको संयोजक सुनारले जानकारी दिएका छन् । उनका अनुसार मन्च ब्यबस्थापन, ब्यानर,झण्डा, पोष्टर मम्पेलेट, स्वयम् सेवक परिचालन र प्रचार–प्रसार लगायत सबै तयारी भईसकेको छ ।अधिवेशनमा सुदूरपश्चिम प्रदेशका ९ ओटा जिल्लाबाट ९ सय ७२ जना प्रदेश प्रतिनिधिहरु मतदाताका रुपमा रहेका छन् ।
यस्तै अधिवेशनको आज दिउँसो २ बजे प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापती शेर बहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको प्रथम सुदुर पश्चिम प्रदेश अधिवेशन प्रचार प्रसार समितीले जनाएको छ ।अधिबेशनको कार्यतालिका अनुसार आज बिहान ८ः३०बजेः (अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी, कन्चनपुर, दार्चुल्ला डोटी जिल्लाका सहभागीको दर्ता तथा कैलाली जिल्लाको दिउँसो १२ः०० बजेः सहभागीको दर्ता कार्य हुँदै छ।यस्तै दिउँसो १ः३० बजेः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन कार्यक्रम प्रारम्भ र दिउँसो २ः०० बजेः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापती शेर बहादुर देउवाद्धारा उद्घाटन कार्यक्रम रहेको नेपाली काँग्रेसले जनाएको छ ।