धनगढीका लागि छुटेको बस अछाममा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरिक्षक राजेन्द्रबहादुर सिंहका अनुसार जिल्लाको मंगलसैन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापाको दुर्घटनामा मृत्यु भएको हो ।
मंगलबार दिउँसो धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस मंगलसैनकै डाँडाबाघ भन्ने ठाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।
बस सडकभन्दा १० मिटर तले खसेको थियो । बसमा ३८ जना सवार रहेको प्रहरीले जनाएको छ । अन्य ३६ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतलामा उपचार भइरहेको प्रहरीको भनाइ छ ।