कैलाली। कैलालीमा स्थानीयहरूले दुई दिन देखी अवरुद्ध गरेको पूर्व–पश्चिम राजमार्ग खुलेको छ । कैलालीको घोडाघोडी र कैलालीको गोदावरी नगरपालीका ८ स्थीत स्याउलेमा अवरुद्ध गरेको पूर्व–पश्चिम राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी देब जोशीले जानकारी दिए ।
कैलालीको घोडाघोडीमा ट्रकको ठक्करबाट बसन्तराज शर्माको मृत्यु भएपछि आक्रोशित स्थानीयले अवरुद्ध गरेको सडक खुलेको हो। ट्रक चालकलाई पक्राउ गरी कानुन अनुसार कारबाही गरिने र मृतकका आफन्तलाई नियमअनुसार क्षतिपूर्ति दिने मौखिक सहमति पछि पूर्व–पश्चिम राजमार्ग खुलेको प्रहरीले जनाएको छ। शनिवार जिल्लाको घोडाघोडी नगरपालिका ५ डोके बजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प.प्र ०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
त्यसपछि मृतकका आफन्तले टायर बालेर बिहान ८ बजेबाट सडक अवरुद्ध गरेका थिए । यस्तै कैलालीको गोदावरी नगरपालीका ८ स्थीत स्याउलेमा सोमबार बिहान ना ६ ख ५२६६ नम्बरको ट्रकले ठक्कर दिँदा १९ वर्षीय नरेश देउवाको मृत्यु भएपछी स्थानीय र उनका आफन्तले पुर्वपश्चिम राजमार्ग पनी अवरुद्ध पारेका थिए । बिहानैदेखी अवरुद्ध पुर्वपश्चिम राजमार्ग द्धिपक्षीय सहमतिपछी सञ्चालनमा आएको छ । क्षतिपुर्तिमाग गर्दै उनीहरुले राजमार्ग संगै स्याउले बजार पनी बन्द गरेका थिए । ट्रक चालक कपिलवस्तुका २५ वर्षीय सैलेश नेपालीलाई ट्रकसहित इलाका प्रहरी मालाखेतीले बिहानै नियन्त्रणमा लिएको थियो। सेति महाकाली ट्रक व्यवशायी समिती र मृतकका परिवार बिच आपसी सहमति भएपछी राजमार्ग सञ्चालन गरिएको मृतकका आफन्त करन बोगटीले जानकारी दिए ।