कैलाली। कैलालीमा सोमबार बिहान ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्युभएपछि क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरिएको छ।
कैलालीको गोदावरी नगरपालिका ८ स्याउलेमा भैरहवाबाट अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले पैदल यात्रु गोदावरी नगरपालिका-८ का १९ वर्षीय नरेश देउवालाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट देउवाको घटनास्थलमै मृत्यु भएको थियो।
उनको मृत्यु पछि उनका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। स्थानीयले सडकमा टायर बालेर राजमार्गमा अवरोध गरेका छन् ।मृतकका आफन्तले ट्रक चालकलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी)नवराज पोखरेलले अहिले सडक खुलाउने विषयमा मृतकका आफन्त सँग छलफल भइरहेको बताए। ट्रक चालक कपिलवस्तु ९ भर्तापुरका २५ वर्षीय सैलेश नेपालीलाई ट्रकसहित इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जनाएको छ।


