कैलाली। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । कैलालीको घोडाघोडी नगरपालिकाको भित्र सडकमा दुई वटा मोटरसाइकल र एक स्कुटि एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
नम्बर नखुलेको वन्टेस्ट मोटरसाइकल, से ६ प ६९० नम्बरको मोटरसाइकल र से ६ प ९२३५ नम्बरको स्कुटी एक आपसमा ठोक्किएर वडा नम्बर १ का २० वर्षिय रुद्र बोहराको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
यस्तै दुर्घटनामा ३ जना घाईते हुनेमा स्थानिय ३२ बर्षिय लक्ष्मीराम चौधरी, ३० बर्षिय सुमिता चौधरी र १८ वर्षिय सन्जु शाही रहेको प्रहरीले जनाएको छ । घाईते भएकाहरुको उपचारको लागि नेपालजंन्ज पठाईएको छ ।