कैलाली। कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग एक घण्टाको लागी खुलाएको राजमार्ग पुनः अवरुद्ध गरिएको छ । कैलालीको घोडाघोडीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक वसन्तराज शर्माको मृत्यु भएपछि अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग एक घण्टाको लागी सुचारु गरेको थियो।
अहिले एक घण्टाकोलागी खुलाएको पूर्व–पश्चिम राजमार्ग पुनः अवरुद्ध गरिएको छ। आइतबार बिहानदेखि सडक अवरुद्ध बनेपछि यात्रुको समस्यालाई मध्यनजर गर्दे १ घण्टाका लागि सडक सुचारु गरेको भए पनि पुनः स्थानीहरूले राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ। मृतकका आफन्तले टायर बालेर बिहान ८ बजेबाट सडक अवरुद्ध गरेको प्रहरीले बताएको छ ।
ट्रक चालकको पहिचान नभएको र उनी फरार रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख सागर बोहराले जानकारी दिए। उनको खोजी कार्य भइरहेको बताइएको छ । शनिवार जिल्लाको घोडाघोडी नगरपालिका ५ डोके बजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प.प्र.०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।