धनगढी। कैलालीमा प्रहरीले लागुऔषसहित एक जनालाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भई रहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले २६ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको हो।
कैलालीको घोडाघोडी नगरपालिका-१ सिमतडी घर भई हाल टीकापुर नगरपालिका -१ जमरापारीमा घोडाघोडी वर्कसप सञ्चालन गर्दै आएका २६ वर्षीय उमेश चौधरीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उनलाई ५ ग्राम ७६० मिलिग्राम लागु औषध (खैरो हिरोईन)सहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।