कंचनपुर। कंचनपुरको पुनर्बास र कृष्णपुर नगरपालिका क्षेत्रका पुर्ण अशक्त र अति अशक्त अपांगता भएका नागरिकहरुको घर दैलोमा नै गई कोरोना विरुद्धको खोप सेवा दिइएको छ ।
कर्डएड, लुथरन बिश्व फेडरेसन नेपाल, रास्ट्रिय मुक्त हलिया समाज महासंघ र सर्वाङिण अपांगता बिकास समाज नेपालको संयुक्त साझेदारीमा,कंचनपुर जिल्लाको पुनर्बास नगरपालिका र कृष्णपुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा पुर्ण र अति अशक्त अपांगता भएका नागरिकलाई घर दैलोमा नै कोरोना विरुद्धको खोप र सहायक सामग्री नापजाँच गरिएको हो।
उक्त कार्यक्रमका प्राबिधिक सहजकर्ता नन्दराज भट्टले घर दैलोमा नै कोरोना विरुद्धको खोप र सहायक सामग्री नापजाँच कार्यक्रम गरि असहाय नागरिकलाई सेवा दिएको जानकारी दिए। ३ दिन ९ वडामा निरन्तर अभियान संचालन गरि २ सय ६५ महिला र २०० जना पुरुष यसै गरि ६५ जना पुर्ण , ३०५ जना अति अशक्त र ९५ जना अन्य असहाय अपांगता भएका नागरिक लाभान्वित भएको जानकारी दिए। उक्त खोप अभियानको मिति २०७८ मंसिर ०८ गतेका दिन स्वास्थ्य शाखा खोप बिभाग प्रमुख र सर्वाङिण अपांगता बिकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्ट र फिल्ड सहज कर्ता ईन्द्र बहादुर पालीद्वारा सुरुवात गरिएको थियो ।
कार्यक्रममा नगरपालिका स्वस्थ्य शाखा प्रमुख ,सामाजिक बिकास अधिकृत, शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले यो सस्थाले यो कार्यक्रमबाट जनताको घर दैलोमा खोप दिने काम नेपालकैलागि नमूना कार्यक्रम रहेको जानकारी दिएका छन्। जब कि हामीले खोप केन्द्रमा लक्षित बर्ग लागि खोप लगाउन नसकी रहेको अवस्थामा यो अभियान बाट जनतालाई घर दैलोमा नै सेवा दिनु महान तथा अनुकरनिय नै हो भनेका छन्। यसरी यो कार्यक्रमलाई यो पालिकामा ल्याउनु हुने सस्थालाइ हार्दिक धन्यवाद सहित पालिकाको तर्फबाट यस्तो महान तथा अनुक्रणिय कार्यक्रम गर्न आउनु हुने संघ सस्थाहरुको लागी पालिका परिवार सधैं तत्पर र सह्योगी भुमिकामा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।


