दार्चुला। दार्चुलाको लेकम गाउँपालिकाको एम्बुलेन्स नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले नियन्त्रणमा लिएको छ।
दार्चुलाको लेकम गाउँपालिकाको सु.प.प्र ०२००१च ८५० नम्बरको एम्बुलेन्समा मदिरा ओसारपसार गर्ने, लुकिछिपि बिरामीबाहेकका यात्रुहरुलाई बोक्ने लगायतका स्थानीयहरुले गुनासो गरेपछि मंगलबार राती १० बजे ऐरीछानाबाट नियन्त्रणमा लिइएको विप्लव दार्चुलाका सचिव भरत मल्लले जानकारी दिए ।
राती बिहेको सामान बोकिरहेको अवस्थामा एम्बुलेन्स नियन्त्रणमा लिइएको उनले दाबी गरे । यो विषयमा एम्बुलेन्स चालक धर्मानन्द पन्तलाई बुझ्दा लेकमबाट बिरामी ल्याउन ऐरीछाना गएकोमा एक्कासी विप्लव कार्यकर्ताले एम्बुलेन्सको चाबी मागेर एम्बुलेन्स नियन्त्रणमा लिएको बताए ।