कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । कञ्चनपुर भीमदत्त नगरपालिका–१८ भगतपुर शुभकामना टोलबाट २८ वर्षीय हेमन्त सिंह नायकलाई सोमबार पक्राउ गरिएको हो।
लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले नायकलाई चेकजाँच गर्दा उनको साथबाट ८ सय ५० मिलीग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ परेका नायकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।