धनगढी। स्वास्थ्य कार्यालय कैलालीद्धारा किटजन्य रोगहरु सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा आज कैलालीको अत्तरिया क्षेत्रमा विभिन्न् स्थानीय तहका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई एक दिने किटजन्य रोगहरु सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको हो।
किटजन्य रोगहरुको निवारण र नियन्त्रण सवै स्वास्थ्यकर्मी लगाएत आम जनसमुदायको उल्लेखनीय आवश्यकता रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । नेपाल सरकारको औलो निवारण गर्ने लक्ष्य २०२५ रहेको छ । सन् २०२५ मा औलो निवारण गर्नको लागि २०२२ देखि स्थानीय औलो केस सुन्यमा कायम राखी २०२५ मा निवारणकोलागि योग्य हुन्छ। स्वास्थ्य कार्यालय कैलालीका अनुसार आव २०७७/०७८ मा कैलाली जिल्लामा १०१ जना औलो रोगि रहेका थिए । जसमा स्थानीय बिरामी ४ जना थिए। औलो रोगको निदान तथा उपचार सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरुमा निशुल्क रहेको छ। औलो निवारणका लागि विभिन्न् किसिमका प्रयासहरु पनि भैरहेका छन् ו राष्ट्रिय औलो रणनीतिक योजना २०१४ -२०२५ मा महत्वपुर्ण योजना राखेको छ।
जसमा पहिलो दिनमा विरामी पहिचान उपचार गर्ने, ३६०४० मा एस एम एस गर्ने अनि तेस्रो दिन सम्ममा बिरामी फलोअप गर्ने, केसवेस सर्भिलेन्स गर्ने, घर वरिपरिको घरधुरीको औलो परिक्षण गर्ने अनि सातौ दिनमा औलो प्रभावित क्षेत्रमा विसादी छिटकाउ गर्ने, जनचेतनामुलक संदेश दिने, सरसफाई गर्ने दिने जस्ता कार्यहरु गरिरहेको छ ו
त्यस्तै डेंगु, कालाजार, स्क्रव टाइफस, हातीपाइले जस्ता किटजन्य रोगहरु बाट बच्न प्रत्येक व्यक्तिले आ आफ्नो घर वरिपरि सरसफाई गर्ने,लामखुट्टे, झिंगा, भुसिनाहरु बाट बच्ने उपायहरु अपनाउने, झुल लगाएर सुत्ने, जस्ता उपायहरु अपनाउने सुझाब दिइएको छ। आजको कार्यक्रममा कैलाली जिल्लामा किटजन्य रोगहरु निवारणर नियन्त्रण गर्ने कार्यमा पूर्ण रुपले, सहि तरिकाले,नियमित रुपले ,समयमा, व्यवस्थित तवरले, मेरो पनि जिम्मेवारी हो भनि किटजन्य रोगहरु निवारणर नियन्त्रणमा मेरो पूर्ण प्रतिवद्धता छ भनी उपस्थित सबैले हस्ताक्षर गरेका थिए ו स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेम राज जोशी,गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, स्वास्थ्य कार्यालय का मिन ब धामी , दिपक जोशी , संजिप शाही लगाएतको उपस्थिति रहेको थियो ו


कैलालीमा किटजन्य रोगहरु सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न,आ.व ७७/७८ मा १०१ जना औलो रोगी भेटिए
कैलालीमा किटजन्य रोगहरु सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न,आ.व ७७/७८ मा १०१ जना औलो रोगी भेटिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

