धनगढी। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले धनगढीमा नेपाल आयल निगमको निर्माणाधीन ट्याङ्कर पार्किङ स्थलको निरीक्षण गरेकी छन्। सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्री जोशीले भन्सार रोडको विद्युत कार्यालय नजिकै निर्माणाधीन पार्किङ स्थलको निरीक्षण गरेकी हुन्।
आयल निगमले निर्माण पार्किङ स्थलको निमार्ण कार्य १५ दिन भित्रै कार्य सम्पन्न हुने जनाएको छ। आयल निगमले धनगढीको चटकपुरस्थित छ लेन सडकमा पार्किङ गरिएका ट्याङ्करहरू पार्किङ गर्दै आएको छ। मन्त्रालयले सडकमा पार्किङ गरेका ट्याङ्करहरूलाई व्यवस्थापन गर्न पटक-पटक आयल निगम धनगढीसँग आग्रह गरेको थियो।
आयल निगमले भन्सार रोडको विद्युत कार्यालय नजिकै निर्माण गर्दै आएको पार्किङ स्थल १५ दिन भित्रै कार्य सम्पन्न हुने आयल निगम धनगढीले जनाएको छ । यसअघि सडक क्षेत्रमा जथाभाबी ट्याङ्कर पार्किङ गरिएपछि दुर्घटनाको जोखिम बढेको थियो।


