धनगढी। सुदुरपश्चिम प्रदेश सरकारले कोरोना रोकथाममा गरेको कार्य प्रगति र खर्चको सम्बन्धमा सरोकारवालाहरुसँग अन्तक्रिया कार्यक्रम गरिएको छ। धनगढीमा भएको कानुन निर्माण प्रक्रिया र युवा सहभागिता अभिमुखीकरण कार्यक्रममा युवाहरुले प्रदेश सरकारले कोरोना रोकथाममा गरेको कार्य प्रगति र खर्चको सम्बन्धमा सरोकारवालाहरुसँग अन्तक्रिया कार्यक्रम गरिएको हो।
सुदुरपश्चिम प्रदेश सरकारले गरेको काम र खर्चको विषयमा स्थानीय युवाहरुले गरेको सोधपत्रको निर्षकलाई कार्यक्रममा सरोकारवालाहरुसँग प्रस्तुत गरिएको सोधपत्र समुहका संयोजक तुलसीधर भण्डारीले जानकारी दिए। सामाजिक विकास मन्त्रालय र प्रदेश अस्पतालको कार्यप्रगती, खर्च र नागरिकले पाएको सेवा सुविधाको विसलेषण गरि तगार गरिएको प्रतिवेदनमा विगतमा गरिएको कार्यको स्पष्ट चित्र प्रस्तुत गरिएको छ ।
अन्तक्रिया कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य सुशिला बुढाथोकीले युवाहरुले सरकारले गरेका गतिविधि नजिकबाट नियाल्दा सरकार पनि थय जिम्मेवार हुने बताईन्। संसदको जिम्मेवारी कानुन बनाउने भएको हुदाँ समुदायमा भएका कार्यहरुको सम्पुर्ण गतिविधि नियाल्न नसकिने हुदाँ नागरिकहरुले सरकारको गतिविधिहरु नियाल्ने र सरकारलाई यसरि घचघचाउन आवश्यक रहेको बुढाथोकीले बताए ।नेपाल युवा संस्था सञ्जाल (आयोन)ले तिन ओटा प्रदेशमा सञ्चालन गरेको संसदिय मामिलामा युवा सहभागिता विषयक कार्यक्रममा सहभागि युवाहरुको आयोजानामा कार्यक्रम सम्पन्न भएको थियो । देश भरिबाट ५ ओटा समुह सुदुरपश्चिम प्रदेश बाट छनोट भएको थियो ।