धनगढी। नेपाली कांग्रेसको १४ औं महाँधिवेसन अन्तरगत कैलालीका १० वटै प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट चयन भएका छन् । मसिर ३ गते शुक्रबार देखि भएको पालिका अधिवेसन अन्तरगत कांग्रेस कैलालीका १० वटै प्रदेश क्षेत्रमा सभापति चयन गरिएको हो।
नेपाली काँग्रेस कैलालीका प्रचार प्रसार समिति संयोजक नृप सुनारले १० वटै प्रदेशसभा क्षेत्रीय अधिवेशनमा सभापति चयनको काम आइतबार बिहानसम्म सम्पन्न भएको जानकारी दिए। प्रचार प्रसार समिति संयोजक नृप सुनारका अनुसार कैलाली क्षेत्र नम्बर ५ को (क) मा सीताराम राना र (ख) मा बेद अवस्थी निर्वाचित भएका छन् । यस्तै निर्वाचन क्षेत्र नम्बर ४ को (क) मा काशिराम शर्मा र (ख) क्षेत्रमा गोपाल दत्त भट्ट निर्वाचित भएका काँग्रेस कैलालीका प्रचार प्रसार समिति संयोजक सुनारले जानकारी दिए।
काँग्रेस कैलालीका प्रचार प्रसार समितिका संयोजक सुनारका अुनसार निर्वाचन क्षेत्र नम्बर ३ को (क) मा रामप्रकाश चौधरी र (ख) मा कमलराज चौधरी निर्वाचित भएका छन् । यसैगरी क्षेत्र नम्बर २ को (क) क्षेत्रमा भीम जैशी र (ख) मा तेजप्रकाश मल्ल निर्वाचित भएका छन् । प्रचारप्रसार समिति संयोजक सुनारका अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन क्षेत्र (क)प्रशुराम महतो कठरिया र (ख )मा बलिराम चौधरी सर्वसहमत चयन भएका छन ।

