कैलाली। कैलालीको टीकापुर नगरपालिका साक्षर नगरपालिका घोषणा गरिएको छ।
६० वर्षभन्दा कम उमेरका ९८ प्रतिशत नागरिक साक्षर भएपछि आज सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले एक कार्यक्रमबिच टीकापुरलाई साक्षर नगरपालिका घोषणा गरेका हुन्।
साक्षर घोषणा गर्दै मन्त्री खडकाले सबै नगरवासीलाई साक्षर बनाउन सकेकोमा धन्यवाद दिए। नगरप्रमुख तपेन्द्रबहादुर रावलले सरकारले तोकेको मापदण्ड अनुसार साक्षर नगर घोषणा गरिएको र बाँकी निरक्षर र विद्यालयबाहिरका बालबालिकालाई विद्यालयमा भर्ना गरिने बताए।१३ वटा पालिका रहेको कैलालीमा टीकापुर तेस्रो साक्षर नगरपालिका भएको छ । जोशीपुर र जानकी गाउँपालिका यसअघि नै साक्षर घोषणा भैसकेका छन् ।



