धनगढी। कैलारी गाउँपालिकाका २८० जनाले घर दैलोमा नै पाए खोप सेवा पाएका छन्। कर्डएड, लुथरन बिश्व फेडरेसन नेपाल ,दिगो बिकास समाज भजनी र सर्वाङिण अपांगता बिकास समाज नेपालको सयुक्त साझेदारी, कैलारी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा पुर्ण अशक्त र अति अशक्त अपांगता भएका नागरिकहरुको घर दैलोमा नै गई कोरोना विरुद्धको खोप सेवा दिइएको हो।
पालिकाकामा सफलता पुर्वक सम्पन्न गरि २ सय ८० जनालाई खोप सेवा दिइएको उक्त कार्यक्रमका प्राबिधिक सहजकर्ता नन्दराज भट्टले जानकारी दिए। २ दिन ९ वडामा निरन्तर अभियान संचालन भइ २१ जना पुर्ण अशक्त, ९० जना अति अशक्त, ८९ जना मध्यम र ५० जना सामान्य अपांगता भएका नागरिक ११ जना एकल महिला र १९ जना जेष्ठ नागरिक लाभान्वित भएका छन। उक्त खोप अभियानको मिति २०७८ मंसिर ०१ गतेका दिन कैलारी गाउँपालिका कार्यालयका स्वास्थ्य शाखा खोप बिभाग प्रमुख र सर्वाङिण अपांगता बिकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्टद्वारा सुरुवात गरिएको हो।कार्यक्रममा कैलारी गाउँपालिका सामाजिक बिकास अधिकृत यगम कलेलले यो कार्यक्रमले जनताको घर दैलोमा खोप दिने काम गरेको छ यो नेपालकैलागि नमूना कार्यक्रम भएको जानकारी दिए। उनले भने, जब कि हामीले खोप केन्द्रमा २० जना जति पनि लक्षित बर्ग लागि खोप लगाउन नसकी रहेको अवस्थामा यो अभियानबाट २ दिनमा २८० जनालाई सेवा दिनु महान तथा अनुकरनिय नै हो। यसरी यो कार्यक्रमलाई यो पालिकामा ल्याउने सँस्थालाइ हार्दिक धन्यवाद दिए । साथै पालिकाको तर्फबाट महान तथा अनुक्रणिय कार्यक्रम गर्न हुने संघ सस्थाकालागी पालिका परिवार सधैं तत्पर र सह्योगी भुमिकामा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।