अछाम। देशका अन्य क्षेत्रमा कोजाग्रत पूर्णिमापछि दशैँ समापन हुने भएपनि अछाम जिल्लाको दशैँ तथा दशैँ मेला कात्तिक शुक्ल पूर्णिमासम्म चल्ने गर्दछन् । सोही अनुसार अछाम जिल्लाका विभिन्न ठाउँमा मङ्सिर ३ गते भोलि दसैं मेला लाग्ने भएका छन् ।
अछाम जिल्लाकै जिल्लाकै प्रसिद्ध ऐतिहासिक डौंठेगडा, साँफेबगर नगरपालिकाको घघगुरकोट, रामारोशन गाउँपालिकाका भिभिन्न वडा, मंगलसेन नगरपालिका वडा नम्बर १२ बान्नातोलीको बिर्कु,मेल्लेख गाउँपालिका सहित अन्य स्थानमा समेत शुक्रबार दसैं मेला लाग्नेभएका हुन । कार्तिक शुक्लपूर्णिमाको दिन सधैँका वर्षमा अछाम जिल्लाका उक्त स्थानहरुमा दसैं मेला लाग्ने गर्दछ ।
यसै अन्तरगत अछाम जिल्लाको प्रसिद्ध ऐतिहासिक डौंठेगडा दशै मेला यस वर्ष आज शुक्रवार लाग्ने भएको छ। बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्रामा लाग्ने ऐतिहासिक डौंठेगडा दशैं मेलाको सम्पूर्ण तयारी पुरा भएपछि शुक्रवार मेला लाग्ने भएको हो। मेला व्यवस्थापन गर्न गत सोमबार भरत बहादुर खड्काको अध्यक्षतामा १८ सदस्यीय डौठेगडा मेला व्यवस्थापन समिति गठन गरिएको थियो।मेला अवधिभर मदिरा पूर्ण रूपमा निषेध गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताए। उनले मदिरा सेवन गरी मेलाको गरिमामा आँच आउने काम गरेमा कानुन अनुसार कारबाही गर्ने चेतावन समेत दिएका छन्।
मेलामा बलि चढाउन ल्याइने राँगाहरू अनिवार्य दर्ता गर्नुपर्ने र दर्ता शुल्क ५ सय रुपयौ रहेको छ।मेला सकिएको पछिल्लो दिन अर्थात् मङ्सिर ४ गते हुने सांस्कृतिक कार्यक्रममा पानसरा थापा र प्रकाश शाहको देउडा प्रस्तुति समेत रहेको मेला व्वस्थापन समितीले जनाएको छ। डौंठेगडा दशैं मेला विस १८४९ साल देखि निरन्तर रूपमा मनाईदैं आइएको छ। डौंठेगडामा सयौँ राँगा र बोकाको बली दिएर बर्दादेवी माताको पूजा गरिन्छ।आफ्नो मनोकाङ्क्षा पुरा होस् भनेर बर्दादेवी मातालाई राँगा बोकाको भाकल गरिन्छ।
मनोकाङ्क्षा पुरा भयो भने यहाँ राँगा बोकाको बली चढाउने परम्परा परापूर्व काल देखि नै चलिआएको छ।तत्कालीन समयमा नेपालमा बाईसे चौविसे राज्य भएको बेला खप्तडी खड्का सीकिन्दर खड्काको पालादेखि नै डौठेगडामा मेला सुरुवात भएको इतिहास रहेको पाइन्छ। यसैबिच मेल्लेख गाउँपालिका वडा नम्बर ६ षोडशा देवी माडीगडामा दशै मेला लाग्ने भएको छ। आजै त्यहाँ पनि मेला लाग्ने व्यवस्थापन समितिले जनाएको छ। दशै मेलालाई व्यवस्थित गर्न मदिरा बेचबिखन ओसार पसार सेवन गर्न पूर्ण रूपमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ।