कञ्चनपुर। कञ्चनपुरमा अबैध समान बरामद गरिएको छ। बुधबार राती १० बजे कञ्चनपुरको कृष्णपुर नगरपालीका ५ गुलरिया स्थित पुर्व पश्चिम राजमार्गमा महेन्द्रनगरबाट अत्तरिया तर्फ जाँदै गरेको मिनि ट्रक चेकजाँचका क्रममा अबैध रुपमा भारतबाट भन्सार छलीगरी ल्याएको सामान बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चालक बैतडी सुर्नया गाउँपालीका ७ का २१ बर्षिय नबिन कुवरले चलाएको सु.प.प्र.०२००१ क ०६४१ नम्बरको मिनि ट्रकलाई संका लागी कार्यालयमा ल्याई चेकजाँच गर्दा बिना बिलको अबैध रुपमा भारतबाट भन्सार छलीगरी ल्याइएको पाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
आज उक्त ट्रक र ट्रक चालक सहित बरामद गरीएका रु १ लाख ८९ हजारका लेडिज सुट २७० पिस, रु.२ लाख ६१ हजारका मिश्रि १४५ बोरा,रु ९३ हजार ४ सय ५० मुल्यका पेठा मिठाई ८९ टिन गरी जम्मा रु. ५लाख ४३ हजार ४ सय ५० मुल्यका अबैध मालसमान आवश्यक कारवाहीका लागी गड्डा चौकी भन्सार कार्यालय कञ्चनपुर पठाएको प्रहरीले जनाएको छ ।