धनगढी। धनगढी उपमहानगरपालिका ३ विशालनगरमा रहेको बिएमबी सप्लार्यसमा आगलागी भएको छ । सप्लार्यसमा आगलागीबाट करौँडोको क्षती जनाइएको छ। बुधबार दिउँसो १ बजेतिर बिएमबी सप्लार्यसमा विद्युत सर्ट भएर आगलागी भएको सप्लार्यस सञ्चालकले जानकारी दिएका छन्।
बिष्णुदेब चटौतले सञ्चालन गर्दै आएको बिएमबी सप्लायर्स र भागेश्वर किराना पसलमा आगलागी भएको थियो। उक्त सप्लार्यसको दुई सटर थिए । र पछाडीको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पसलमा लागेको आगो धनगढी उपमहानगरपालीकाको दमकल र स्थानिय तथा प्रहरीको सहयोगमा आयो नियन्त्रणमा आएको छ।
पसलबाहिर काम गरिरहदा आगो लागेको र थाहा नभएको सञ्चालक चटौतले जानकारी दिदै प्लास्टीक,स्टेसनरी किरानाका सामान जलेर नष्ट हुँदा डेढ करोडको क्षती भएको बताए । उनले भने, आगो नियन्त्रणा गर्न १ घण्टा लाग्यो । तर यता जिल्ला प्रहरी कार्यालय कैलालीले क्षतीको यकिन बिवरण नआइसकेको जनाएको छ । क्षतीको बिवरण संकलन भैरहेको त्यसपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।भिडीयो हेर्न तलसम्म हेर्दै जानुहोस…


यहाँ तल हेर्नुहोस भिडीयो….क्लिक गर्नहोस
https://www.facebook.com/supamedia01/videos/423075432755394


