दार्चुला।नेपाल र भारतको सीमा क्षेत्र एवं काली र गोरी नदीको संगम स्थल जोलजिवीमा सयौ वर्ष पहिलेदेखि लाग्दै आएको मेला शुरु भएको छ। सदियौ पुरानो ऐतिहासिक जोलजीवि मेला, महोत्सव नेपालतर्फ समेत बुधबारदेखि विधिवत रुपमा भब्यताकासाथ शुरु भएको हो।
नेपाल, भारत र तिब्बत तिन देशको संस्कृति देख्न सकिने जौलजिवी मेला व्यापारीक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। छिमेकी भारतीय बजार जौलजीविमा सन् १९७५ बाटै सरकारीस्तरबाट मेलाको आयोजना भइरहेको भएपनि नेपालतर्फ २०७५ साल देखि महोत्सव मेला लाग्ने गरेको छ।स्थानीय सरकार गठन भएपछि ऐतिहासिक संस्कृति संरक्षण र धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसारको लागि भन्दै आज भन्दा ४ वर्ष पहिले देखि महोत्सवको आयोजना गरिएको हो।सयौ वर्षौ पूरानो इतिहासलाइ जिवन्त राख्न आयोजित महोत्सवको बुधबार उद्घाटन गरिने भएको छ।
सन् १८७१ सालबाट भारतको उत्तराखण्डको जौलजीविमा अस्कोटी राजा पुष्कर पालले जौलजीवि मेलाको सुरुवात गरेको इतिहास छ। जौलजीवि मेला परम्परागत रुपमा व्यापारिक मेलाको रुपमा मनाइदै आएको छ। विगतमा पूर्खाहरुले लगाउँदै आएको पहिरन, भाषा संस्कृति र यस क्षेत्रमा रहेका धार्मिक क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउन मेलालाइ सरकारीस्तरबाट निरन्तरता दिनुपर्ने यहाँका स्थानीयहरुले माग गरेका छन। यस क्षेत्रमा कालो नुन, गलैचा जडिबुडी, घिउ तेल नुन डोरी तामा, कासालगायतका भाडाकुडाको व्यापार हुँदै आएको छ।
त्रिदेशीय संस्कृति देख्न सकिने ऐतिहासिक जौलजीवि मेला विगतमा जुम्ली घोडाको लागि प्रख्यात मानिन्छ। मेलाबाट जाडोयाममा लगाइने कपडा, घरायसी प्रयोगमा आउने भाडाकुडाहरु किन्ने परम्परा रहेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष लोकेन्द्रसिंह धामीले बताए। गाउँपालिकाभित्रको भाषा संस्कृति र पर्यटन विकासको लागि गाउँपालिकाले लगाएको मेला एवं महोत्सव मंसिर र ११ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। यो वर्ष ‘ऐतिहासिक जोलजिवि मेला हाम्रो सान,कला सस्कृति र पर्यटन प्रर्बद्धन हाम्रो अभियान भन्ने मुला नाराका साथ आज देखि ११ गते सम्म सञ्चालन हुने बताइएको छ।
११ दिन सम्म दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जोलजिवी क्षेत्रमा चल्ने महोत्सवमा बिभिन्न रमाइलोमय साँस्कृतिक प्रस्तुतिहरुसँगै दुई दर्जन कलाकारहरु महोत्सवमा आउने भएका छन्। महोत्सवमा राष्ट्रिय स्तरमा बिभिन्न बिधामा चर्चाको शिखरमा रहेका कलाकारहरुसँगै सुदुरपश्चिका कलाकारहरुको प्रस्तुति रहने बताइएको छ। महोत्सवमा हुँने साँस्कृतिक कार्यक्रममा खुमन अधिकारी,अज्जली अधिकारी, राजेन्द्र भट्ट (आर जे),सम्झना भण्डारी,खेम सेन्चुरी,ध्वज महरा,भुमिका गिरी,चेतन बोहरा,अर्जुन कौशल,रमेश राज भट्टराई,आउने भएका छन।यस्तै प्रवित्रा भन्डारी भानुभक्त जोशी शृजना खत्री र टंक तिमिल्सेना रहेका छन। कार्यक्रममा साँस्कृतिक कार्यक्रम बाहेक केहि हास्य व्यङ्ग्य प्रस्तुतिहरु राखिने आयोजकले जनाएको छ।