कञ्चनपुर। प्रहरीले मोटरसाइकल, मोबाइल र लागू औषधसहित २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको बेल्डाडी गाउपालिका ५ घर भई हाल भिमदत्त नगरपालिका वडा नं.१८ मा बस्दै आएका २२ वर्षीय नरेन्द्रप्रसाद भट्ट रहेका छन्।
उनको डेराबाट खैरो हिरोइन (४.४७ ग्राम),लागूऔषध नापतोल गर्ने डिजिटल तराजु १ थान,विभिन्न कम्पनिका ८ वटा मोबाइल, नगद ६४ हजार ५ सय रुपैयाँ र टिभिएस कम्पनीको लु ८१ प ३७०५ नम्बरको मोटरसाइकल फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै सोही कोठामा लागु औषध खरिद गर्न पुगेका भिमदत्त वडा नं। ४ बस्ने वर्ष ३८ का ज्ञानेन्द्र महर्जनसमेतलाई पक्राउ गरीएको छ ।