कञ्चनपुर। भारतबाट गरगहना र नगद चोरेर भागेका २ जनालाई कञ्चनपुर प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती साथै सशस्त्र प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो।
भारतको बेङ्गलोरमा आफैले काम गर्ने घरबाट चोरी गरी भागेका कञ्चनपुरको बेलौरी नगरपालिका – १ फटैयाका अन्दाजी ३८ वर्षिय लाल चन्द्र शाही ठकुरी र कैलालीको लम्कीचुहा नगरपालिका ३५ वर्षीया विष्णु शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
भारतको बेङ्गोरस्थित एउटा घरमा काम गर्ने उनीहरुले चोरी गरि भागेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ । कञ्चनपुर बेलौरी नगरपालिका १ फटैया स्थित लाल बहादुर शाहीको घरमा भारतको ब्याङ्लोरबाट नगद तथा गरगहनाहरु चोरी गरी ल्याएको छ भन्ने बिषेश सुचनाको आधारमा प्रहरीले खानतलासी गरेको थियो।
भारतिय सिमा सुरक्षा बल (एसएसबि)मार्फत उनिहरु भागेको खबर प्राप्त भएपछि लाल चन्द्र शाहीको घरबाट दुवै जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ। उनिहरुको साथबाट सुनचाँदीका गरगहना सहित लाखौ भारतिय रुपैया, युएस डलर, मलेसियन रिङ्गिट, हङकङ डलर लगायत फेला परेको सशस्त्र प्रहरी हेडक्वाटर शैलेश्वरीले जनाएको छ।यस्तो छ प्रहरीले दिएको जानकारी अनुसार चोरीगरेका गहना र मुद्राको बिवरण
१) ल्यापटपः DELL(डेल)कम्पनिको ल्यापटप १ थान र (एप्पल) कम्पनिको ल्यापटप ३ थान गरी जम्मा ल्यापटप ४ थान
२) नगद(भारतिय रु ४३ हजार ९ शय), हङकङ डलर ४० (चालीस), थाईलेण्ड भाट १ हजार २शय ६०,अमेरिकी डलर १ हजार ५, क्यानडियन डलर २ हजार ८ शय १०, मलेसियन रिंगिट २३, सिंगापुर डलर १८, कतार रियाल १, दुबई दिराम १ शय ३० र चाईनिज युवान १ शय ६१ बरामद गरेको जनाइएको छ ।यस्तै सुनजस्तो देखिने पदार्थका गरगहना पथ्थर सहित १ हजार ४ शय ७१. १८ ग्राम, बिना पथ्थर ४ शय ३९.८९ ग्राम, बिभिन्न रंगका पथ्थरहरु १ केजी ९ शय ९८.४१ ग्राम पत्थर पनि बरामद गरिएको छ। पक्राउ गरिएका दुवै जनालाई सामग्री सहित आवश्यक कानुनी कारबाहीका लागी ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुर बुझाईएको बताईएको छ ।


