धनगढी। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा धनगढीमा प्रदर्शन गरेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल बन्द अनुरुप धनगढी बजारमा विरोध प्रदर्शन गरेको हो।
सोही अनुरुप आज धनगढी बजारमा विप्लव नेतृत्वको नेकपाले धनगढी बजारमा विरोध प्रदर्शन गरेको हो। बन्दका कारण बिहानै यहाँको जनजीवन प्रभावित भएको छ। सामान्य रुपमा नीजि सवारीसाधन चलेपनि बजार तथा शैक्षिक संस्था बन्द छन्।सरकारले हालै महिना दिनभित्रै ९ पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।प्रदर्शनमा पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै नाराबाजी गरिएको हो।