धनगढी। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव धनगढीमा पनी देखिएको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण धनगढीमा पनी बन्दको प्रभाव देखीएको हो । धनगढीसहितका विभिन्न ठाउँमा आज विहानैदेखि सार्वजनिक सवारीहरु चल्न सकेका छैनन् ।
जस्ले बिहानैदेखि यात्रुले सास्ती पाएका छन् ।नीजि सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु सामान्य रुपमा सञ्चालन भएपनी लामो दूरीबाट यात्रा गरेर धनगढी आएका यात्रुले बिहानै सास्ती भोगेका छन्। विभिन्न जिल्लाबाट धनगढी आइपुगेका यात्रु बसपार्क लगायतका क्षेत्रमै अलपत्र परेका छन् । बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ ।
चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ। प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । तर सार्वजनिक सवारी भने आशिंक रुपमा चलिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक विष्टले बताए। नेकपाका अनुसार आजको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा भने खुल्ला छन्। त्यसबाहेक बजार व्यवसाय, विद्यालय कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द गरिएको जनाइएको छ। सुदूरपश्चिममा मेला जात्राको समय भएकाले मेला जात्रामा आवागमन गर्दा भने रोक नलगाउने नेकपाले जनाएको छ।




