दार्चुला। जिल्ला अदालत दार्चुलामा एक महिनादेखि न्यायाधीश नहुँदा मुद्वाको फैसला सुनुवाई हुन सकेको छैन्। जिल्ला अदालत दार्चुलाका न्यायाधीश लोकजङ्ग शाहको गत असोज २० गते सरुवा भएपछि नयाँ न्यायाधीश जिल्ला पुगेका छैनन्।
न्यायाधीश शाहको बर्दिया जिल्ला अदालत सरुवा भएको छ। दार्चुला अदालतमा काठमाण्डौं जिल्ला अदालतबाट कोमल प्रसाद आचार्यको सरुवा भए पनि न्यायाधीश पुगेका छैनन्। न्यायाधीश नहुँदा यहि महिनाभित्रै फैसाल हुने चरणमा पुगेका एक दर्जन मुद्वा रोकिएको अदालत श्रोतले जनाएको छ।
जिल्ला अदालतमा चालू आर्थिक वर्षमा ४२ थान मुद्वा दर्ता भएको छ भने गत वर्षबाट जिम्मेवारी सरेर आएका ४६ गरि ९२ थान मुद्वा पुगेका छ। जसमध्ये सरुवा भएर गएका न्यायाधीश शाहले ३६ थान मुद्वाको फैसला गरेका छन्। अहिले पनि अदालतमा विभिन्न प्रकृतिका दैनिक १र२ वटा मुद्वा पर्ने क्रम जारी रहेको अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले बताए। अदालतको प्रशासनिक काम चलिरहेको छ, उनले भने, फैसला गर्न न्यायाधीश पुगेका छैनन् ।
न्यायाधीश एक दुई दिनभित्र आइपुग्ने जानकारी छ । उनले तत्कालै फैसला गर्नुपर्ने मुद्वा न्यायाधीन नहुँदा प्रभावित नपरेको दाबी गरे। पीडितले चाडो न्याय पाउनुपर्छ भन्ने मान्यता छ, एक जना अधिवक्ताले भने न्याय पाउनमा ढिलाई गर्नु हुँदैन् तर एक महिनासम्म जिल्लामा न्यायाधीश आउन नसक्दा धेरै पीडितले न्याय पाउनबाट वञ्चित भएका छन्।


