धनगढी। कैलालीको गोदावरी नगरपालिका वडा नं ६ मा मान बहादुर बिष्टको टिम प्यानल सहित बिजयी भएको छ। नेपाली काँग्रेसको १४ औ महादिवेशन अन्र्तगत आईतवार सम्पन्न भएको निर्वाचनमा सभापतिमा बिष्टले आफ्ना प्रतिद्धन्दी शंकर खड्कालाई ४४ मतले पराजित गरेका छन्।
बिष्टले १३७ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी खड्काले ९३ मत प्राप्त गरेका छन् । यस्तै उपसभापतिमा बिष्टको टिमवाट रविन्द्र थापा र धन बहादुर खड्का निर्वाचित भएका छन् । यस्तै सचिबमा डिल्लीराज भट्ट र जय बहादुर खडायत निर्वाचित भएका छन् भने उप सचिबमा ईश्वरी दत्त ओझा र देव बहादुर ठकुल्ला निर्वाचित भएका छन् ।
यसैगरि वडाका अन्य प्रतिनिधि र क्षेत्रिय प्रतिनिधिमा पनि एकलौटीमा बिष्टको प्यानलकै बिजयी भएको छ । खुल्ला तर्फ क्षेत्रिय प्रतिनिधिहरुमा दिपिन साउँद, रामचन्द्र ओझा, बिर बहादुर चोखाल, भूमिराज बडु, जयराज फुलारा, खगराज पाठक, मदनराज जोशी, दल बहादुर शाही, यज्ञराज भट्ट र विश्वनाथ बडु निर्वाचित भएका छन् । सो वडावाट डा. लक्ष्मीराज पाठक पराजित भएका छन् । खड्का प्यानलवाट क्षेत्रिय प्रतिनिधिका उमेद्धवार रहेका डा। पाठक पराजित भएका हुन् ।


