धनगढी। निर्माता राज कुमार जोशीको “परदेशी दाजु” बोलको म्युजिक भिडीयो सार्वजनिक गरिएको छ । शिखर आर्टसको धनगढी प्रस्तुती निर्माता जोशीको दोस्रो म्युजिक भिडीयोको रुपमा “परदेशी दाजु”को भिडीयो सार्वजनिक गरिएको हो ।
आर.के फिल्मसको आधिकारीक युटुब च्यानल मार्फत १० दिन अघि पहिलो पटक सार्बजनिक गरिएको निर्माता राज कुमार जोशीले जानकारी दिए। म्युजिक भिडीयोमा परदेशीएका दाजु घर आउन नसकेको कुरालाई भिडीयो मार्फत देखाउन खोजीएको छ । म्युजिक भिडीयोमा दशै तिहारको तिहारको सम्झना गर्दै परदेशीएका दाई र घरमा रहेकी बैनीको सम्झना,भलाकुसारी, सुख दुखका कुरा गरिएको छ। परदेशीएका पिडा दाईले ब्यक्त गरेका छन् भने घरमा बैनीको हाल खवर, भोगेको समस्याका कुरा सोधिएको छ ।
उक्त परदेशी दाजुको म्युजिक भिडीयोमा गायक ध्वज महरा, कृष्णा सिराडी, एरेन्जर शिशिर शाधक, लय तथा शब्द नरेन्द्र राज रेग्मी, निर्देशक भवानी रेग्मी, निर्माता राज कुमार जोशी, क्यामरा डोन सोनु बिके, सम्पादन पि आर जोशी , अभिनय भवानी रेग्मी, कोपिला सिँह, बिस्व लामा,अनुस्का रोक्का मगर रहेका छन्। उक्त म्युजिक भिडीयो १० दिनको छोटो अवधीमै ७ हजार ३ सय २७ जना दर्शकले हेरिसकेका छन् । बाँकी यो भिडीयोमा हेर्नसक्नुहुनेछ । भिडीयो हेर्न यहाँ तल क्लिक गर्नुहोस