धनगढी। धनगढीमा माओवादीको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र धनगढी उपमहानगर कमिटीको नगर निर्वाचन परिचालन तथा सम्पर्क कार्यालय उद्घाटन गरिएको हो।
धनगढीको पुष्पलाल चोक नजिक स्थापना गरिएको सम्पर्क कार्यालयको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रमेश धामीले जानकारी दिए । सम्पर्क कार्यालयको उद्घाटन प्रेमबहादुर बिसीले गरेका हुन्। स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सम्पर्क कार्यालय स्थापना गरिएको माओवादी केन्द्र पार्टीका जिल्ला कमिटी सदस्य रमेश प्रसाद भट्टराईले जानकारी दिए । धनगढी नगर इन्चार्ज निर्मल शाहले निर्वाचन सम्पर्क कार्यालय उद्घाटनपछि कामकाज गर्न सजिलो हुने जानकारी दिए ।
सम्पर्क कार्यालय उद्घाटन समारोहमा पार्टी तथा जनवर्गीय संगठनका नेताहरुको उपस्थिति रहेको थियो । माओवादीले राष्ट्रिय सम्मेलनअघि यही कार्तिक २७ गते टोल भेला, मंसिर ४ गते वडा सम्मेलन, मंसिर ११ गते स्थानीय तहका सम्मेलन र २५ गते प्रदेश सम्मेलन हुने तय गरेको छ। माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म तय गरिएको छ।




