धनगढी । नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन भोली देखि सुरु हुने भएको छ । नेपाली काग्रेस कैलालीले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी दिएको हो । वडा अधिवेशनका लागि तयारी पुरा भएको नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह ुमनुु ले जानकारी दिए ।
१८ हजार २ सय ७३ कृयाशिल सदस्यता रहेको जिल्लामा २ हजार ५ सय जना अध्यक्ष, सभापती, क्षेत्रीय प्रतिनिधि लगायतका पदमा चयन गरिने नेपाली कांग्रेस कैलालीले जनाएको छ । यस अघि भदौ १८ गते हुने भनिएको वडा अधिवेसन क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको भन्दै स्थगित गरिएको थियो ।