धनगढी। धनगढी स्थीत सेती प्रयोगशालामा शुक्रबार थप १२ जनामा कोरोना पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको कोरोना परिक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ११२ नमूनाको कोरोना परिक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि र १०० जनामा कोरोना संक्रमण नदेखीएको उनले बताए।
पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन। एक जना निको भई घर फकिएका छन्। हाल अस्पतालमा ५ कोरोना संक्रमति उपचाररत रहेका छन। २ कोरोना संक्रमितको आइसियु र १ कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।