कञ्चनपुर। कञ्चनपुरमा फेरी जंगली हात्तीको बथानले स्थानियललाई दुख दिन थालेको छ ।लालझाडीगाउँपालीका १ नौरङ्गाका कालुराम सार्किको घर जँगली हात्तिको बथानले भत्काएको छ ।
शुक्रबार बिहान १ बजे आएका जंगली हात्तिको बथानले कालुरामको घर भत्काएको हो । चामल,लत्ताकपडा, बारिमा लगाइएको तरकारी बाली र अन्न बाली समेत नोक्सान गरेको पिडीत कालुराम सार्किले बताए । राती सुतेको समयमा हात्तिको बथान आएको र धानबालीको नोक्सान भएपनी भागेर आफ्नो ज्यान जोगाउन सफल भएको उनले बताए।
सिमावर्ती भारतिय जंगल दुधुवा राष्टिय निकुञ्जबाट हात्ति आएको वडा नम्बर १ का वडाध्यक्ष छेमानन्द रानाले बताए । जंगली हात्तिको आतंकले स्थानिय त्रसित भएको र हात्ति आतंक नियन्त्रण गर्नका लागी कुनै बिकल्प नरहेको उनले बताए । कञ्चनपुरको लालझाडी गाउँपालीका र पुनर्वास नगरपालीका विभिन्न समयमा हात्तिको आतँक मच्चाउँदै आएका छन् ।