काठमाडौं। नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वढाएको छ । मूल्य वढाएको दुई हप्ता पनि नबित्दै निगमले पुनः पेट्रोल र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो ।
मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ। यस्तै, खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढेर १ हजार ५ सय ७५ पुगेको छ । हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढाएको छ।
अब आन्तरिक हवाई इन्धनको नयाँ मूल्य १सय १ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८ सय ९५ अमेरिकी डलर पुगेको छ। वढेको मूल्य बुधबार राती १२ बजेदेखि लागु भएको निगमले जनाएको छ । यसअघि कात्तिक १२ गते पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।


