धनगढी। कैलालीको धनगढीस्थीत मोहना नदी घाटमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएर छठ पर्व मनाइएको छ। छठ पर्वको मुख्य दिन मोहना छठी घाटमा भक्तजनहरुले बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्। भने भोली बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुनेछ।यता मोहना नदीमा छठ पर्वको अवसरमा मेलासमेत लागेको छ। साथै भगवान पशुपतीनाथमा लगाईने महाआरती पहिलो चोटी लगाइएको छ। अहिले राती देखी भजन कीर्तन, नाचगान तथा झाँकी प्रर्दशन कार्यक्रम चलिरहेको छ।भोलिपल्ट बिहानै ब्रह्ममुहूर्तमा जलाशयमा गएर पूजा सामग्री तयार पारी सूर्योदय भएसँगै अञ्जुलीमा पानी लिएर चढाइन्छ । साथै चढाउनको लागि तयार पारिएको ठकुवा, भुसुवा, फलफूल तथा मिठाइहरू अर्पण गरिन्छ । त्यसपछि सबै व्रतालुहरू आआफ्नो घर गएर चढाएका ठकुवा, भुसुवा, फलफुल तथा मिठाइहरू प्रसादको रुपमा ग्रहण गरी व्रत समापन गर्दछन्। भोली बिहीबार बिहान ७ बजे उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए ।