धनगढी। कैलालीको धनगढीस्थीत मोहना छठी घाटमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएर छठ पर्व मनाइएको छ। यता मोहना नदीमा छठ पर्वको अवसरमा मेलासमेत लागेको छ।
धनगढीको मोहना छठी घाटमा आयोजना गरिएको छठ पुजा कार्यक्रमका प्रमुख अतिथी तथा धनगढी उपमहानगरपालीकाका नगरप्रमुख नृप वहादुर वडले यो कार्यक्रम सफल भएको बताउँदै धार्मिक, बहुसाँस्कृतिक संस्कार र परम्पराका साथ नेपाल अगाडी बढीरहेको बताएका छन्।त्यसमा धनगढी उपमहानगरपालीका हरेक चाडपर्वलाई, हरेक जातजाती, हरेक कृयाकलापलाई प्राथमिता दिदै कुनैपनी जात,धर्म,संस्कृतीलाई एकिकरण गरेर धनगढीबासीहरुका आवस्यकताका आधारमा धनगढी उपमहानगरपालीका अघिबढीरहेको र लागीपरेको बताए । मेला सञ्चालन गर्न स्थान अभाबका कारण केही कठिनाई भएको भन्दै धनगढी उपमहानगरपालीका छलफल गरिरहेको उनले जानकारी दिए ।र छठ पुजा सेवा समितीले कुनै क्षेत्रमा यो भन्दा अझ राम्रो स्थान भएमा वा भेटेमा यस कुरामा धनगढीउपमहानगरपालीका पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे। साथै नगरप्रमुख वडले आर्थिक रुपमा पनी यो कार्यक्रम सञ्चालन गर्नका लागी आउँदो बजेटमा १ लाख ५१ हजार बिनियोजन गर्ने पनी बताए। छठ पर्वको अवसरमा शुभकामना ब्यक्त गर्दै नगरप्रमुख वडले दैनिक बिहान उठेर सुर्यलाई पानी चढाउँदा सकारात्मक सोचको बिकास हुने बताए । जसरी भोली बिहानसम्म ब्रत बसेका ब्रतालुहरु ब्रत बस्छन् । र जसरी कोरोनाले मानिसलाई अप्ठारो पारिहेको छ र बिभिन्न बिपत हटेर जाउन भन्ने छठ पर्वको सबैमा शुभकामना ब्यक्त गरे ।
धनगढी उपमहानगरपालीकाका उपमेयर शुसिला मिश्र भट्टले छठ पुजा सबैले पुजा गर्दै आएको बताउँदै यो सुर्यको पुजा र प्रकृतीको पुजा भएकोले सदा हामी सबैको लागी उपयोगी रहेको बताईन् । उनले भनिन्, जस्ले आरोग्यता र शक्ती प्रदान गर्दछ, त्यस्ता सुर्य देवको पुजा गर्दा सबैको लागी लाभदायक रहेको छ। छठ पुजा ब्यवस्थापन समितीले पुजा कार्यक्रमको ब्यवस्थापन गरिएकोमा धनगढी उपमहानगरपालीकाको तर्फबाट धन्यावद ब्यक्त गरिन्। साथै आगामी दिनमा पनी अझै सहजताका साथ कार्यक्रम सञ्चालन गर्ने भन्ने बिश्वास ब्यक्त गर्दै धनगढी उपमहानगरपालीकाले यस्मा सहयोग गर्ने बताइएकी छिन् ।
कार्यक्रमका आयोजक तथा छठ पूजा सेवा समितिका अध्यक्ष मण्डलले दर्शानार्थी तथा भक्तालुहरुका लागी मोहना घाटमा टेन्टको ब्यवस्था, सुरक्षा लगायत मनोरञ्जनको ब्यवस्था गरिएको जानकारी दिए। उनले दर्शानार्थी तथा भक्तालुहरुको माया तथा सबैको साथ सहयोगका कारण १५ बर्षमा मेला प्रवेश गरेको बताए । बिगतका बर्षहरुमा मेला लगाउन साथ सहयोग र सहकार्य गर्ने सम्पुर्णमा आफु र छठ पूजा सेवा समितिको तर्फबाट ध्यन्यवाद दिए । साथै आगामी दिनमा पनी मोहना घाटमा मेला लगाउन यस्तै साथ सहयोग गर्नहुनेछ भन्ने बिश्वास ब्यक्त गरेका छन्। छठ पुजा सेवा समितीका प्रमुख सल्लाहाकार धर्मराज ओझाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको छठ पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ । आज बिहानदेखि पानीसमेत नपिएका व्रतालुहरू साँझपख जलाशयमा पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजा गर्छन् ।
भोलिपल्ट बिहानै ब्रह्ममुहूर्तमा जलाशयमा गएर पूजा सामग्री तयार पारी सूर्योदय भएसँगै अञ्जुलीमा पानी लिएर चढाइन्छ । साथै चढाउनको लागि तयार पारिएको ठकुवा, भुसुवा, फलफूल तथा मिठाइहरू अर्पण गरिन्छ । त्यसपछि सबै व्रतालुहरू आआफ्नो घर गएर चढाएका ठकुवा, भुसुवा, फलफुल तथा मिठाइहरू प्रसादको रुपमा ग्रहण गरी व्रत समापन गर्दछन्। भोली बिहीबार बिहान ७ बजे उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए । मोहना घाटमा टेन्टको ब्यवस्था,सुर्यनारायणको मुर्ती,भगवान शिवजीको मुर्ती, गणेशको मुर्ती, पन्डालहरु लगाइएको छ। ‘ ‘यस वर्ष मोहना नदीमा १५० वठा स्टल रहेका छन्। छठमा विशेष गरी प्रकृतिको छैटौं अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ । छठलाई एउटा कठिन व्रत र उपवासको रुपमा हेरिन्छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ । परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरेको इतिहास छ । त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ । त्यस्तै, द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ । यो पर्व नेपालमा मात्र नभइ भारतमासमेत धुमधामका साथ मनाइन्छ । नेपालको तराई क्षेत्रमा मात्र मनाइने गरिएको यस पर्व अहिले नेपालभर मानाइने गरिएको छ ।