कञ्चनपुर। कञ्चनपुरमा ठगी र चोरी मुद्धाका २ जना कसुरदार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले २०७५ साल पुस २४ गतेको फैसलाले १ महीना कैद र १ हजार जरिवाना ठहर भई फरार रहेका “ठगी मुद्धा” कसुरदार कञ्चनपुर बेदकोट नगरपालीका ८ गयलनदी बस्ने बर्ष २६ को करन बिष्टलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरी सम्मानित कञ्चनपुर जिल्ला अदालतमा पेश गरीएको र अदालतबाट कैदी पुर्जी जारीगरी कैद सजाय भुक्तानको लागी कारागार चलान गरिएको जनाएको छ। यस्तै २०४९ बैशाख १८ गतेको फैसलाले १ बर्ष १० महीना १५ दिन कैद र ६३ हजार ३सय २१ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका “चोरी मुद्धा” कसुरदार कञ्चनपुर कृष्णपुर गाबिस वडा नंम्बर ४ बस्ने खडक बहादुर रावललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्याललय कञ्चनपुरले जनाएको छ।
प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरी सम्मानित कञ्चनपुर जिल्ला अदालतमा पेश गरीएको र अदालतबाट कैदी पुर्जी जारीगरी कैद सजाय भुक्तानको लागी कारागार चलान गरिएको जनाएको छ। अदालतको फैसलापछि फरार रहेका दुवै जनालाई पक्राउ गरि अदालतमा पेश गरिएकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्याललय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानले बताए।