धनगढी। सेती अस्पतालमा उपचाररत धनगढीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ७२ बर्षीया महिलाको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
योसँगै सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १०७ नमूना परीक्षण गर्दा थप १४ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। यस्तै ९३ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । हाल अस्पतालमा २ संक्रमितको उपचार भइरहेको छ। यस्तै पछिल्लो २४ घण्टामा एक जना निको भई घर फर्किएकोमा थप १ जना बिरामी अस्वपताल भर्ना भएका छन् ।