दार्चुला। दार्चुलामा एचआइभी संक्रमितहरुको संख्या बढदै गइरहेको छ। हाल जिल्ला अस्पतालबाट ४० जना संक्रमितहरुले एआरटी सेवा लिइरहेका छन।
सेवा लिनेहरु मध्ये १८ जना पुरुष, २० जना महिला तथा २ जना १६ वर्ष मुनिका वालवालिका रहेका छन्। जिल्ला अस्पताल दार्चुलाका एआरटी काउन्सलर लोकेन्द्र सिह धामीले दिएको जानकारी अनुसार ४० जना मध्ये पनि ५ जनाको एचआइभी एड्सकै कारण मृत्यु भइसकेको बताएका छन।
उनका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा समान १०/१० जनामा एचआइभी देखिएको छ। यस्तै महाकाली नगरपालिकामा ८ जना लेकम गाउँपालिकामा ७ जना मार्मा गाउँपालिकामा ४ तथा दुहुँ गाउँपालिकामा १ जना गरी ४० जनामा एचआइभी देखिएको छ।यस्तै जिल्लको अपि हिमाल गाउँपालिका नौगाड गाउँपालिका तथा व्यास गाउँपालिकामा एचआइभी संक्रमितहरु शुन्य रहेको बताइएको छ।
चालु आर्थिक वर्षको हालसम्म दार्चुलामा एचआइभी संक्रमित नभेटिएको पाइएको छ । दार्चुलामा संक्रमितहरुको संख्या बढ्नुको मुख्य कारण असुरक्षित यौनसम्पर्क रहेको जानकारहरु बताउँछन्। भारतसंग सीमाना जोडिएकाले पनि दार्चुलामा एचआइभीको जोखिम झन बढेको हो । साथै संक्रमितहरुलाई हेर्ने समाजको दृष्टिकोण परिवर्नत नहुँदा संक्रमितहरु खुल्न नसकेको पाइएको छ। दार्चुलामा रहेका सयौं संक्रमितहरु विभिन्न कारण खुल्न नसक्दा दार्चुलामा एचआइभी नियन्त्रण चुनौती बन्दै गएको छ। विशेष गरी वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट कामदारका रूपमा जाने पुरुषहरूमा एचआईभी सङ्क्रमण बढी भएको पाइन्छ।


