धनगढी। छठ पर्व सुरु भएसंगै कैलालीको मोहना नदी किनार सिगारिन थालिएको छ। छठ पर्व आज सोमबारदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो। मिथिला समुदायले धुमधामका साथ मनाउने छठ पर्वका लागि मोहना नदी किनारलाई झकिझकाउ बनाइँदै छ।
प्रत्येक वर्ष मोहना नदीमा छठ पर्वको अवसरमा मेलासमेत लाग्ने गर्छ । गत वर्ष कोरोनाको सन्त्रासले गर्दा जिल्ला प्रशासनले भिडभाडमा रोक लगाएसंगै छठ पर्व घर आँगनमै मनाइएको थियो । तर यस वर्ष भन्ने कोरोनाको जोखिम कम भएपछि मोहना नदीमै छठ पर्व बनाउने तयारी गरिएको छ । मोहना घाटमा टेन्टको ब्यवस्था,सुर्यनारायणको मुर्ती,भगवान शिवजीको मुर्ती, गणेशको मुर्ती, पन्डालहरु लगाउन कार्य २ दिन भित्र लगाईसक्ने छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए ।‘
२४ गते राती भजन कार्यक्रम छ। साथै भगवान पशुपतीनाथमा लगाईने महाआरती पहिलो चोटी मोहनाघाटमा आयोजना गरेका छौँ । ‘यस वर्ष मोहना नदीमा १५० वठा स्टल रहने छ। ‘प्रत्येक वर्ष स्टलहरु बढ्दै आइरेका छन्, ४० देखि ५० हजार दर्शानार्थीहरुको सहभागिता रहनेछ । स्वास्थ्य मापदण्डको पालना गरेर छठ पर्व मनाइने छठ पूजा सेवा समितिका अध्यक्ष मण्डलले भने ।
यस्तै छठ पुजा सेवा समितीका प्रमुख सल्लाहाकार धर्मराज ओझाले बिगतका बर्ष जस्तै छठ पुजा समितीले यसबर्ष पनी निरन्तरता दिएको जानकारी दिए । यस बर्ष सबैको सामुहिक रुपमा सभ्य र भब्य रुपमा छठ पुजा गर्ने योजना रहेको जानकारी दिए । आगामी बर्षमा भक्तालु दर्शनार्थीहरुकालागी सजिलो र सहज रुपमा पुजा गर्न टोकन सिस्टम अनुसार पुजा गर्ने ब्यवस्था गर्ने योजना रहेको प्रमुख सल्लाहाकार ओझाले बताए ।
आइतबारका दिन ‘अरबा–अरबाइन’ र आज (सोमबार) ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि (मंगलबार) दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठी देवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा पसेर नुहाएसँगै अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ ।यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।












