कञ्चनपुर। कञ्चनपुरका एक युवकको जात्राबाट फर्किने क्रममा लडेर मृत्यु भएको छ। कञ्चपुर भिमदत्त नगरपालिका मटेलाका अन्दाजी २६ वर्षिय रुपेश रानाको जात्राबाट फर्किने क्रममा भिरबाट खसेर मृत्यु भएको हो।
शनिबार शैल्यशिखर नगरपालिका-७ बोहरीगाउँ, बन्तोलीमा लागेको जात्रा हेर्न गएका रानाको जात्राबाट फर्किने क्रममा भिरबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । भिरबाट खसेर घाइते भएका रानालाई गोकुलेश्वर अस्पताल पुगाउँदा बाटोमै उनको मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।


