कञ्चनपुर। कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीटोलीले खैरो हेरोइन र चरेससहित २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका-६ बस्ने २० वर्षीय आकास बोहरा र २१ वर्षीय राकेश बोहरा रहेका छन्। बेलौरी नगरपालिका ४ बेलौरी बजारबाट करिब २ ग्राम अवैध लागुऔषध खैरो हेरोइन र २ ग्राम चरेस जस्तो देखिने पदार्थसहित उनीहरूलाई शनिबार राति पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। उनीहरूलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


