दार्चुला। सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा जात्राको रौनक शुरु भएको छ। कात्तिक शुक्ल पक्ष सुरु भएसँगै जिल्लाका विभिन्न शक्तिपीठमा जात्रा शुरु भएको हो।
जिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा झण्डै एक महिनासम्म जात्रा लाग्ने गर्दछ । शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर चौडमा शनिबार द्धितिया तिथिबाट जात्रा शुरु भएको छ। यी मन्दिरहरुमा शनिबार रातभरी जात्रा लाग्ने गर्दछ। द्धितिया तिथीबाट शुरु भएको जात्रा पूर्णिमाको दिन सकिने छ ।
जिल्लाको सबै भन्दा ठूलो शैल्यशिखर त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चर्तुदशीमा सकिन्छ। यस्तै लेकम गाउँपालीकाको पाती, कुणि लगायत स्थानमा पुर्णिमाको दिन अन्तीम जात्रा लाग्ने गर्दछ। शनिबार बोहोरीगाउँको बन्तोली र मालिकार्जुनको चौडमा शुरु भएको जात्रालाइ ब्यवस्थीत बनाउँन मदीर र जुवातास नियन्त्रणको प्रयास गरीएको छ। सम्भाबित घट्नाहरुलाइ मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइएको र जात्रा ब्यवस्थापन समितिका साथै नजिकका प्रहरी कार्यालयहरुबाट सुरक्षाकर्मी परिचालन गरीएको छ। पुजाआजा गर्ने भक्तजनहरुकालागी मन्दीरमा पुजाआजा गर्ने ठाउँको आबश्यक ब्यवस्थापन गरीएको मन्दीर जात्रा ब्यवस्थापन समितिहरुले बताएका छन्।