कञ्चनपुर। कञ्चनपुरमा युवकहरु बिच ग्याङ फाइट भएको छ। बिहीबार जिल्लाको बेदकोट नगरपालिका-८ बनखेतमा मापसे सेवन गरेका युवकहरु बिच झडप भएको प्रहरीले जनाएको छ।
दोहोरो झडपका क्रममा महाकाली अस्पतालमा असइ माथि समेत आक्रमण भएको जनाइएको छ। फेरी आक्रमणका लागि अस्पताल पुगेको युवकको समूहलाई रोक्न खोज्दा असइमाथि पनि आक्रमण भएको जिल्ला प्रहरी कञ्चनपुरले जनाएको छ ।
असइको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपाने बताए । प्रहरीका अनुसार त्यस आक्रमणमा परेर घाइते भएकाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न ५ युवकलाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।