धनगढी। धनगढीमा बि.सि.एम मोटर्स प्रा.लि सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका २ स्थित विद्युत कार्यालय अगाडि बिसिएम मोटर्स प्रालि संचालनमा ल्याएका हुन् । बिहिबार उक्त मोटर्स प्रा.लिको एक कार्यक्रमका बिच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गरेका हुन ।व्यवसायी टेकराज भट्ट, माधवराज जोशी, धन्नजय भट्ट र बासु खडायतको संयुक्त लगानीमा उक्त प्रा.लि सञ्चालमा ल्याएका हुन। करिब ३ करोडको लागतमा आफुहरुले धनगढीस्थित चौराहामा बि.सि.एम मोटर्स प्रा.लि सञ्चालनमा ल्याएको सञ्चालकहरुले बताएका छन ।सञ्चालक माधवराज जोशीका अनुसार पेट्रोल अटो, अटोका सम्पुर्ण पाटर्स पाइने बताए । यस्तै अहिले चार वटा मोडेलका अटोहरु आफ्नो प्रा.लि बाट किन्न मिल्ने उनले जानकारी दिए । टिभिएस किङ्ग डिलक्स, टिभिएस किङ्ग प्लस, टिभिएस किङ्ग डियुरो म्याक्स र टिभिएस किङ्ग कार्गो मोडलका पेट्रोल अटो रहेका छन।यस्तै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले प्रा.लिको उद्घाटन गर्दै व्यवसायिक सफलताको शुभकामना दिएका छन् ।वैदेशिक रोजगारबाट फर्केका युवा र स्वदेशमा बेरोजगार रहेका युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले पहिलो पटक धनगढीमा टिभियस कम्पनीको पेट्रोलबाट चल्ने तीन पाङ्ग्रे अटोको आधिकारिक डिलर सन्चालनमा ल्याएको संचालक सदस्य बासु खडायतले बताए । पेट्रोल अटोले कैलालीका विभिन्न पर्यटक क्षेत्रका मार्गस्थलसम्म पुग्न यात्रुलाई सहज सुबिधा हुने खडायतले बताए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.