धनगढी। बर्दगोरियाकाका अपांगता भएका नागरिकहरुलाई घर दैलोमा नै खोप सेवा दिइएको छ। कर्डएड , लुथरन बिश्व फेडरेसन नेपाल,दिगो बिकास समाज भजनी र सर्वाङिण अपांगता बिकास समाज नेपालको सयुक्त साझेदारी,बर्द्गोरिया गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा पुर्ण अशक्त र अति अशक्त अपांगता भएका नागरिकहरुको घर दैलोमा नै गई कोरोना विरुद्धको खोप लगाइएको हो ।खोप अभियान पालिकाका ६ वडामा सफलता पुर्वक सम्पन्न भएको उक्त कार्यक्रमका प्राबिधिक सहजकर्ता नन्दराज भट्टले जानकारी दिए। ३ दिन वडामा निरन्तर अभियान संचालन गरि करिब २०० जना अपांगता भएका नागरिक, एकल महिला र जेष्ठ नागरिक लाभान्वित भएका छन । उक्त खोप अभियान कात्तिक १५ गते बर्दगोरिया गाउँपालिका कार्यालयका उपाध्यक्ष भगवती डगौरा थारु, स्वास्थ्य शाखा प्रमुख कृष्ण देव जोशी, महिला तथा बालबालिका शाखा प्रमुख मानमती राना र सर्वाङिण अपांगता बिकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्टद्वारा सुरुवात गरिएको थियो।
कार्यक्रमको समापन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्किले यो कार्यक्रम नेपालकै लागि नमूना कार्यक्रम भएको जानकारी दिए । खोप कार्यक्रमलाई गाउँपालिकामा उपलब्ध गराउने संघ सस्थालाइ गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गरे । साथै महान तथा अनुकरणीय कार्यक्रम गरेकोमा संघ सस्थाहरुकोलागी गाउँपालिका परिवार सधैं तत्पर र सह्योगी भुमिकामा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अपांगता भएका नागरिकहरुलाई घर दैलोमा नै खोप सेवा
अपांगता भएका नागरिकहरुलाई घर दैलोमा नै खोप सेवा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु